२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनता सडकमा आउनुको पछाडि सरकार र पार्टीमा रहेकाको कामकारबाही भएको बताएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारमा भएकाहरूले, सदनमा भएकाहरूले जन गुनासो सम्बोधन गर्न नसक्दा भदौ २३ र २४ घटना हुन पुगेको बताएका हुन् ।

‘भदौ २३ र २४ गतेको आन्दोलन जेनजीले मात्रै गरेको होइन । लाखौँ लाख नरनारीले- असन्तुष्ट व्यक्त गरेका हौँ । सरकारसँग । सरकारमा हामी थियौँ । संसद् सँग रिसाएको । संसद्‌मा हामी थियौँ,’ उनले भने, ‘राजाको छोरा राजा हुने शासन फालेको गणतन्त्रमा नेपोबेबी देखेर रिसाएकै हो नि ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *