नेपाली कांग्रेसको विशेष महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको पहिलो बैठक सुरू भएको छ।

ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स ब्यांक्वेटमा केही बेरअघि बैठक सुरू भएको हो।

भृकुटीमण्डपको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यी केन्द्रीय कार्यसमिति चयन गरेको थियो।

उनीहरुको शपथ बाँकी नै छ।

सभापति गगन थापाले भने गएराति नै शपथ लिइसकेका छन्। उपसभापतिसहित अन्य पदाधिकारी र केन्द्रीय समितिको शपथ बाँकी छ।

विशेष महाधिवेशनले निर्वाचित केन्द्रीय समिति अद्यावधिकका लागि पनि आजै निर्वाचन आयोग जाने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *