नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थराज्य मन्त्री उदय राणाले कम्युनिस्ट सरकार काेराेना भाइरसकाे माहामारीमा समेत प्रियजनकाे भर्तीमा लागेकाे बताएका छन् ।
माहामारीकाे संकटमा समेत कम्युनिस्ट सरकार सत्ता व्यवस्थापनमै व्यस्त रहेकाबेला नेता राणाले यसाे भनेका हुन् । उनले अस्तिसम्म सरकार बेसारकाे व्यापारमा लागेकाे र अब प्रियजनकाे व्यवस्थापनमा लागेकाे बताएका हुन् ।
नेता उदयले भनेका छन्, ‘अस्तिसम्म बेसारको ब्यापार गर्ने सत्तापक्ष अब दलको आन्तरिक कलह, कमिशन र प्रियजनलाई पद ब्यबस्थापनमा ब्यस्त छ।’
त्यस्तै उनले दैनिक करिब १० जनाले काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाइरहँदा समेत सरकारले बेवास्ता गरेकाे बताएका छन् ।
उनले भनेका छन्, ‘दैनिक १० भन्दा बढिको मृत्युले नि नेकपा सरकारलाई छोएन सायद।अर्कोतिर अस्पतालमा औषधि, बेड र यन्त्र अभाव छ। त्यसैले हामी अझै अनुशासित र सुरक्षित हुन आवश्यक छ।’
@mediadabali