नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताएका छन्। नेता पौडेलले सामाजिक सन्जालमार्फत् संसद विघटनको सिफारिसको बिरोध गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने बताएका थिए।

नेता पौडेलले भने, ‘मन्त्रीपरिषदबाट संसद विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ। यो संविधान विपरीत छ, लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ। अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन। यो फिर्ता गर्नु पर्दछ। म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *