प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माले गरेको संसद् विघटनको सिफारिस अधिनायकवाद- उन्मुख भएको टिप्पणी गरेका छन्।

आइतबार बिहान आकस्मिक मन्त्रिरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि सिफारिस गरेपछि कांग्रेस सभापति देउवाले त्यसविरुद्ध आफ्नो पार्टीले ‘उपयुक्त रणनीति’ बनाउने चेतावनी दिएका हुन्।

‘अधिनायकवाद उन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ। संविधानविपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो कदमको राजनीतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *