संसदमा विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।

बधाइ दिँदै उनले ट्वीट गरेका छन्,’नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई । उहाँको सफल कार्यकालको शुभकामना । म उहासँग सबै क्षेत्रका सम्बन्ध सुदृढीकरणका लागि काम गर्न चाहान्छु,’मोदीले लेखेका छन् ।

भारतीय जनता पार्टीका विदेश सचिव विजय चौथाइवालेले भने यसअघि नै पार्टीको तर्फबाट उनलाई बधाइ दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *