उक्त अध्यादेशलाई लिए सत्तारूढ दल कांग्रेस, सत्तारूढ गठबन्धनकै नेताहरू र नेकपा एमालेले विरोध गरिरहेका छन्। राष्ट्रपति कार्यालयमा मंगलबार नै अध्यादेश पुगे पनि बुधबार बिहानसम्म जारी भएको छैन।

अध्यादेश ल्याउनु सधैं गलत भएको कांग्रेस नेता थापा बताउँछन्। ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउन गलत। हिजो पनि गलत, आज गलत र सधैं गलत, जसले गरे पनि गलत,’ बुधबार ट्वीट गर्दै थापाले भनेका छन्।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ वैशाख ८ मा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका थिए। त्यसबेला विरोध भएपछि चार दिनपछि फिर्ता लिइएको थियो।

उक्त प्रसंग निकाल्दै थापाले ओलीले अध्यादेश ल्याउँदा गलत भन्ने र त्यसविरूद्ध उभिने कसैलाई पनि अहिले अध्यादेशको समर्थन गर्ने हक नहुने बताएका छन्।

‘हिजो ओलीले ल्याउँदा गलत भन्ने त्यसको विरूद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन,’ थापाले भनेका छन्, ‘समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।’

Leave a Reply

Your email address will not be published.