People waving before casting their votes in the party election during the 13th General Convention at the City Hall, Bhrikutimandap, on March 6, 2016. Photo: RSS

नेपाली कांग्रेसले आफ्नो १४ र्औं महाधिवेशनका लागि महाधिवेशन स्थल बुकिङ गरेको छ । मंगलबार नेपाली कांग्रेसले मंसीर ९ देखी १३ सम्मका लागि काठमाडौं स्थित भृकुटीमण्डप र राष्ट्रिय सभा गृह बुकिङ गरेको हो । पार्टी मुख्य सचिव कृष्ण पौडेलले महाधिवेशनका लागि महाधिवेशन स्थल बुकिङ गर्ने काम भएको जानकारी दिए । केही दिन अघि बसेको केन्द्रीय समिति बैठकले तल्लो तह सहित सबै तहको निर्वाचन कार्यतापलिका सार्वजनिक गरेको थियो । कांग्रसेले निर्वाचन निर्देशिका र बांकी रहेको क्रियाशील सदस्यता विवाद आज टुंगिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *