२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनस्थलमा आएर नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोन गर्दै घेरालाई छाडेर कांग्रेस नेतृत्व हस्तान्तरण गर्न आउन भनेका हुन् ।

‘किसूनजीका अनुयायी आदरणीय शेरबहादुर देउवा दाइ, त्यो घेरा छाडेर कांग्रेस हस्तान्तरण गर्न आएको छु भन्नुहोस,’ बिरालोको कथा सुनाउँदै उनले भने, ‘ ‘साथीहरु, बिरालाले भन्छ अरे – यो घरको मालिक मर्‍यो भने अगेनामा गएर आगो ताप्ने थिएँ। जबकी अगेना सँधै तातो रहँदैन। दाउरा जोड्ने मान्छे भएन भने अगेना तातो रहँदैन।’

उनले कांग्रेस र एमाले दुई ठूला दलले सरकार बनाउँदा राजाले गद्दी छाडेको भन्दा बेहाल अवस्था बनेको बताए।

‘बिडम्बना ६२ /६३ मा जुन राजालाई हामीले तानाशाह भन्यौं। श्रीपेच हस्तान्तरण गरेर आफैँ गाडी चलाएर हाँसेर गए । हाम्रो नेतालाई जोगाउन हेलकप्टर चढाएर लैजानुपर्‍यो। त्यो पनि प्रजातन्त्र हो’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *