२७ पुस, काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सभापति जितेन्द्र श्रेष्ठले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई आफूहरूको पनि कुरा सुन्न आग्रह गरेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ६ भाइको कुरा नसुन्न र बन्दसत्रको हलमा सहभागी हुन आउन भनेका हुन् ।

‘भोलिको बन्द सत्रमा तपाईंको इन्तजार गरेर बस्नेछौं। नीतिगत कुराहरू बन्द सत्रमा गर्नेछौं,’ उनले भने,’ उनले भने, ‘सभापति ज्यू ६ भाइका कुरा मात्रै नसुन्नुस। हामी पनि भाइ भतिजा हौं। यो जमातलाई कमजोर नठानियोस् ।’

कमजोर ठानिए नीति अधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने अधिवेशन हुन सक्ने उनको चेतावनी छ । ‘अन्तिम घडी तपाईंको परीक्षणको घडी हो,’ उनले भने, ‘सबै जनताले हेरिरहेका छन्। भोलि बन्द सत्रको हलमा आएर हामी एक छौं भनेर तपाईंको मुखारबिन्दुबाट आयो भने विशेष महाधिवेशन एकता महाधिवेशनमा परिणत हुन सक्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *