नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी हिन्दूत्वको एजेण्डा लिएर देश दौडाहामा निस्किएका छन्। खासगरी पार्टीको आगामी महाधिवशेनमा हिन्दूत्वको एजेण्डालाई स्थापित गर्ने उदेश्यका साथ शंकर भण्डारी भण्डारी देश दौडाहामा निस्किएका हुन्। नेपाली कांग्रेसका नेता एवं केन्द्रिय सदस्य भण्डारीले गृह जिल्ला तनहुँबाट देश दौडाहा अभियान सुरु गरेका हुन्। त्यसपछि भण्डारीले कास्कीको पोखरामा कांग्रेस पार्टीसंग आवद्ध हिन्दूवादी नेताहरुसँग भेटघाट गरेका थिए।
पोखरामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधीहरुको सहभागितामा भेटवार्ता भएको थियो। त्यसपछि उनी स्याङजा पुगेका थिए। स्याङजामा पार्टीद्धारा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भण्डारीले हिन्दूत्वको एजेण्डालाई सार्थकता दिलाउनका लागि महाधिवेशन प्रतिनिधीहरु चयन गर्ने बेलामा हिन्दूत्वको एजेण्डा बोक्ने व्यक्तिहरु निर्वाचित हुनु जरुरी रहेको बताएका थिए। त्यसका लागि अहिले देखि ने तयारीमा जुट्न उनले आग्रह गरेका छन्।