तरूण विभाग प्रमुख भण्डारीद्वारा देश भरका तरूणहरूलाई सरकार विरूद्व २९ गते हुने विरोध सभामा सहभागी हुन आह्वान
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरूण विभाग प्रमुख शंकर भण्डारीले शनिबार एक विज्ञप्ति निकाली यहि २९ गते सरकार विरूद्व विरोध सभामा सहभागी हुन आव्हान गर्नुभएको छ।

विभाग प्रमुख भण्डारीले शनिबार एक विज्ञप्ति निकाली नेपाली काँग्रेस पार्टीले ७७ वटै जिल्लामा राखेको विरोध प्रदशनलाई समर्थन गदै भब्य रुपमा सफल पार्न तरुण विभागका सम्पूर्ण सदस्य तथा निकायहरु देशभर विभिन्न तहमा क्रृयाशिल समस्त तरुण युवा तथा सम्पुर्ण लोकतन्त्रप्रति आस्थावान दाजूभाई तथा दीदिबहिनीहरुलाई आ–आफ्नो जिल्लामा हुने विरोध प्रदशनमा सहभागि बनि कार्यक्रम सफल पार्न आव्हान गरेको छ।

त्यस्तै कोभिड–१९ जस्तो राष्ट्रिय स्वास्थ्य संकटको बेला जनताको स्वास्थ्यमा खेलवाड गर्दै स्वास्थ्य सामाग्री खरीद र कमिशनको खेलमा सरकार चरम भ्रष्ट बन्दै गएको र दैनिक उपभोगका सामान लगायत संम्पुर्ण जनजीवन संकट ग्रस्त बनाइएको अनि राज्यका संवैधानिक अंग,सुरक्षा अंग,न्यायीक अंग,प्रशासनिक अंग माथि ठाडो हस्तक्षेप जारी रहेकोले मंसिर १७ गते तनहुँ जिल्लामा राजनैतिक एवंम् नागरिक स्वतन्त्रता र लोकतन्त्रमाथि देखाएको दमनकारी व्यवहार थप नाङ्गो रुप भएको हुदा यसको विरूद्वमा सहभागी हुन जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *