प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । देशका विभिन्न स्थानमा भएको प्रदर्शनमा कांग्रेसका नेताहरुले सम्बोधन गरे ।

यस्तै सभापति शेरबहादुर देउवाले सोमबार सरकारविरुद्ध भएको देशव्यापी प्रदर्शनमा सहभागी सबैलाई विशेष बधाई तथा धन्यवाद दिएका छन् ।

सोमबार साझँ एक प्रेश विज्ञप्ति जारी गर्दै देउवाले देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट भएको बताएका छन् ।

उनले एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत प्रकट भएको बताएका छन् ।

उनले विज्ञप्तिमा उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने पनि बताएका छन् ।

उनको विज्ञप्ति यस्तो छ – मंसिर २९, २०७७
सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट ।
पार्टीलाई नवीन उर्जा । देशव्यापी प्रदर्शनमा सहभागी सबैलाई विशेष बधाई ।

आज मंसिर २९ गतेका लागि निर्धारित देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट गरेको छ । एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ ।

आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु । प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु । प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्र्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पु¥याउनु हुने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु ।

सामाजिक सञ्जाल मार्फत योगदान पु¥याउने विशेषतः युवा पंक्तिलाई बधाई र सम्मान व्यक्त गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति

Leave a Reply

Your email address will not be published.