काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्दीय सदस्य नविन्द्रराज जोशीले बालुवाटारभित्र षडयन्त्रमा रहेको सरकारलाई सडकबाटै ठेगान लगाउने चेतावनी दिएका छन् । राजधानी काठमाडौंमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै जोशीले यस्तो बताएका हुन् ।

“कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भयौँ,” जोशीले भने, “सरकार संसदबाट भाग्यो । बालुवाटारभित्र बसेर षडयन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौँ । अब फर्केर यसै जाँदैनौं ।”

उनले सरकारलाई हावादारीको संज्ञा पनि दिए ।“मुखले भ्रष्टाचार गर्दिन भन्छ, भ्रष्टाचार सहन्न पनि भन्छ । तर, वाइडबडी जहाज खर्लप्पै खान्छ,” उनले भने, “सेक्युरिटी प्रेस खर्लप्पै खान्छ ।” त्यसैले वर्तमान सरकार विरुद्ध अव कांग्रेस सडक र सदन दुवैबाट अगाडि बढ्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *