धानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेकपा नेताहरु आकस्मिक छलफलमा जुटेका छन्।

नेताहरु बदलिदो राजनीतिक अवस्थाको समीक्षाका लागि छलफलमा जुट्न लागेको नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सचिवालयले जानकारी दिएको छ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु तत्कालिन परिस्थितिमा कसरी अघि बढ्ने योजना बनाउन बैठकमा जुट्न लागेका हुन्।

बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *