नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसले पाएको अवसरलाई जिम्मेवारीपूर्वक पूरा गर्नु पर्ने बताएका छन्। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै नेता थापाले यस्तो बताएका हुन्।

उनले सामाजिक सन्जालमार्फत् भनेका छन्, ‘एकातर्फ संविधान कार्यान्वयन गर्ने जिम्मेवारी छ, अर्को तर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ। हामीलाई चुक्ने सुविधा छैन, यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *