नेबिसंघबाट नेपाली कांग्रेसको राजनीति सुरू गरेका खाँण नेविसंघको अध्यक्ष बनेका थिए।

उनी तरूण दलको अध्यक्ष समेत भएका थिए। २०४८ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित खाँण २०६४ र २०७० मा समेत निर्वाचित भएका हुन्।

उनी अहिले समानुपातिक सांसद हुन्। उनी २०६१ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री बनेका थिए।

२०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा सिंचाई मन्त्री बनेका खाँण २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रक्षा मन्त्री बनेका थिए। खाँणलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीको सपथ खुवाएकी छन्।

सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। अदालतको आदेश अनुसार खाँड देउवा सरकारको शक्तिशाली गृहमन्त्री बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *