नेपाली कांग्रेसको महाधिवेशन फेरि सरेको छ।

भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन अब मंसिरमा गर्ने निर्णय भएको हो।

आज बसेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याएको छ।

अब मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने निर्णय आजको केन्द्रीय समितिले गरेको छ।

भदौ १८ मा वडा अधिवेशन गर्ने निर्णय भएको छ।

यस्तो छ नयाँ कार्यतालिका
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिवेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/५/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघीय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३

Leave a Reply

Your email address will not be published.