नेपाली कांग्रेसको आगामी भदौ २७ गते हुने रत्ननगर नगरपालिकाको पालिका अधिवेशनमा प्रल्हाद सापकोटाले सभापतिमा उम्मेदवारी दिएका छन् ।
हाल चितवन कांग्रेसको कार्या समिति सदस्य तथा तरुण विभागको युवा परिचालन संयोजक रहेका उनले सामाजिक कार्यमा समेत क्रियाशिलता देखाउँदै आएका छन् ।
उनले आफु निश्वार्थ हिसावले राजनीतिलाई समाज सेवा बनाउन चाहेकाले उम्मेदवारी दिएको बताए । ‘म पार्टी र समाजको सेवाका लागि राजनीतिमा आएको हुँ । मेरो उम्मेदवारी पनि त्यसैका लागि हो,’ सापकोटाले भने,‘सबैको साथ र सहयोगले मलाई सेवा गर्ने मौका मिल्नेछ भन्ने विश्वास छ ।’
कांग्रेसले केन्द्रदेखि जिल्लासम्म महाधिवेशन सारेको छ । चितवनमा भने तोकिएको मितिमा सम्पन्न गर्ने गरि तयारी थालिएको छ ।