नेपाली कांग्रेसले आशन्न महाधिवेशनमा उम्मेदवारी दिनका लागि शुल्क तोकेको छ। वडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेदवारी शुल्क तोकिएको हो।
यसअनुसार वडाको सभापतिमा उम्मेदवारी दिन पाँच सय रुपैयाँ लाग्छ भने केन्द्रीय सभापतिका लागि ३० हजार। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिले उम्मेदवारी शुल्क तोकेको हो।
महाधिवेशनमा उम्मेदवार हुन केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तिर्नुपर्ने प्रस्ताव प्रस्तुत निर्वाचन समितिले पेश गरेको छ। यसअघि सभापतिको २० हजार र अरुको १० हजार रुपैयाँ थियो।
प्रदेश कार्यसमितिको सभापतिका लागि १५ हजार र जिल्ला सभापतिका लागि १० हजार उम्मेदवारी शुल्क तोकिएको छ।
निर्वाचन समितिले बनाएको प्रतिवेदन महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका थिए।