नेपाली कांग्रेसको आसन्न १४औं महाअधिबेशनको पुर्व सन्ध्यामा नेपाली कांग्रेस तरुण बिभागले राजधानीमा बृहत भेलाको आयोजना गर्ने भएको छ। आक्रामक ढंगबाट संगठन बिस्तारमा लागेको तरुण बिभागले महाअधिबेशनको छेकैमा यति ठुलो कार्यक्रमको आयोजना गर्नुलाइ पार्टि भित्र बिशेष महत्त्वका साथ हेरिएको छ।
नेपाली कांग्रेसको पछिल्लो समय गठन भएका बिभागहरु मध्यकै सबैभन्दा प्रभाबकारी र चलायमान रहेको तरुण बिभागले १४औं महाअधिबेशनमा निर्णायक भुमिका खेल्ने चर्चा केन्द्र देखि पार्टिको तल्लो तह सम्म चल्न थालेको छ।
उक्त कार्यक्रमलाइ नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व मन्त्री एवं तरुण बिभाग प्रमुख शंकर भण्डारीले सम्बोधन गर्नेछन। भाद्र ७ गते आयोजना गरिएको कार्यक्रम बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा ११ बजेबाट शुरु हुने जनाइएको छ।