नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा विजयी हुनेमध्येकी एक हुन् डा.अलविरा खान । २४ वर्षीया खानले बाल्यकालदेखि नै आफ्नो पिता पूर्वक्षेत्रीय सभापति अकिल मियाँको राजनीतिक पृष्ठभूमिबाट प्रभावित भई राजनीतिमा प्रवेश गरेको बताइन् ।

उनले ८ सय ८१ मत ल्याई पौडेल समूहबाट सदस्यमा निर्वाचित भइन् । उनी मुस्लिम समुदायबाट प्रदेश सदस्य बनेकी हुन् । ‘पिछडिएको समुदायको आवाज उठाउन आफूले राजनीति रोजेको बताउने उनी कपिलवस्तु–३ को प्रदेशसभा ‘ख’ बाट प्रतिनिधि भएर लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी थिइन् ।

१८ वर्षमा क्रियाशील सदस्यता लिई अघि बढेकी उनले ५ वर्ष बंगलादेशको ढाकामा डाक्टरी पढेर फर्केपछि प्रदेश सदस्यमा उम्मेदवारी दिएकी हुन् ।

राजनीति र डाक्टरी दुवै सेवा गर्न मिल्ने पाटो भएकाले दुवैलाई अघि बढाउन आफू प्रतिबद्ध रहेको उनले सुनाइन् । ‘बुवाको हात समाई-समाई झण्डा बोकेर हिँड्दा राजनीति मन पऱ्यो,’ उनले भनिन्, ‘पढेर डाक्टर नै बन्छु भन्ने चाहनाले डाक्टरी पास गरेँ ।’

दुवैमा आफ्नो संलग्नता र केही परिवर्तनको प्रयास जारी राख्ने भन्दै युवाको प्रवेशले समग्र कांग्रेसलाई युवामय कांग्रेस बनाउन सघाउने र यसले नयाँ पुस्तालाई पार्टीप्रतिको जिम्मेवारीबोध गर्न सिकाउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *