५ साउन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबारका लागि बोलाएको छ ।

संसदीय दलको कार्यालयले जनाएको अनुसार बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा सरकार, संसद, र समसामयिक विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएसँगै प्रतिनिधिसभा बैठकअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टीले ह्वीप लगाउने एक सांसदले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *