नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

रमेश लेखक ३१ असारमा गृहमन्त्री भएपछि कांग्रेसको प्रमुख सचेतक पद रिक्त थियो ।

घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *